२२ बैशाख २०८१, शनिबार

बैंक अफ काठमाण्डूका कार्ड बाहकहरुलाई दराजमा २,००० सम्मको छुट


बैंक अफ काठमाण्डू र दराज सम्झौता

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरुले दराजको १२.१२ योजनामा रु. २,००० सम्म छुट पाउनेछन् । पछिल्लो समय ग्राहक महानुभावहरुमा प्रबिधिको प्रयोग गरि अनलाईन मार्फत आफुलाई आवश्यक विभिन्न समानहरु खरिद गर्ने बानी रहेकोले बैंकले आफ्नो कार्डबाहक महानुभावहरुलाई प्रबिधिको प्रयोगमा उत्प्रेरित गर्नुको साथै रु. २,००० सम्मको विशेष छुटको योजना ल्याएको हो ।

जस अन्र्तगत दराजको १२.१२ योजनामा बैंकको कार्डबाहक महानुभावहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १०% वा अधिकतम् रु २,००० सम्मको छुटको सुबिधा उपयोग गर्न सक्नेछन् ।

बैंकको कार्डबाहक महानुभावहरुले यस योजनाबाट आफुलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गर्नुभएमा १०% वा अधिकतम रु. १,००० सम्म छुट र क्रेडिट कार्ड प्रयोग गर्नुभएमा १०% वा अधिकतम रु.२,००० सम्म छुटको पाउनेछन् ।

यो योजनामा बैंकको कार्डबाहक महानुभावहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी रु. २,००० सम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्नेछन् ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !