१४ बैशाख २०८१, शुक्रबार

सेञ्चुरी कमर्सियल बैंकको नवौं तथा दशौं साधारण सभा सम्पन्न


सेञ्चुरी कमर्सियल बैंकको नवौं तथा दशौं साधारण सभा सम्पन्न

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको नवौं तथा दशौं वार्षिक साधारण सभा यही बुधबार विशेष कार्यक्रम गरी मनाइएको छ । बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ५.२५ प्रतिशत बराबरको बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष ०७५/७६ र ०७६/७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाट लगायत प्रतिवेदन पारित गरेको छ ।

यस साधारण सभाले संस्थापक शेयरधनीहरुमध्येबाट तीन जना संचालक रमेश कुमार निरौला, मन बहादुर राई र रण बहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप रु. ८२.४२ अर्व र कर्जा रकम रु. ६६.९३ अर्व परिचालन गरी रु. २२.०२ करोड मुनाफा आर्जन गर्न सफल भएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !