१४ बैशाख २०८१, शुक्रबार

सेञ्चुरी कमर्सियल बैंक र नेपाल मेडिसिटी बीच सम्झौता


सेञ्चुरी कमर्सियल बैंक र नेपाल मेडिसिटी बीच सम्झौता

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक र नख्खु, ललितपुरस्थित नेपाल मेडिसिटी बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ ।

बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा शेयरधनिहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका शेयरधनिहरुले अस्पतालका विभिन्न सुविधाहरुमा विशेष सहुलियत पाउनेछन् ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र नेपाल मेडिसिटीका महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरे ।

बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९१ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२१ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !