२३ बैशाख २०८१, आइतबार

शिवम् सिमेन्ट २० बोरा किन्दा १ बोरा सित्तैमा


शिवम् सिमेन्ट २० बोरा किन्दा १ बोरा सित्तैमा

काठमाडौं । विगत लामो समयदेखि गुणस्तरयुक्त असली ओपीसी सिमेन्ट उत्पादन गर्दै निर्माण क्षेत्रमा एक अग्रणी स्थान हासिल गर्न सफल शिवम् सिमेन्टले समय-समयमा आफ्ना ग्राहकहरुलाई विभिन्न योजनाहरु मार्फत्सम्मान गर्दै आएको छ ।

शिवम् सिमेन्टले प्रस्तुत गरेका विभिन्न सम्मानले ग्राहकहरुलाई थप उत्साह प्रदान गर्दै सहुलियत दिँदै आइरहेको विश्वास कम्पनीले लिएको छ । यसै सिलसिलामा हाल कम्पनीले विशेष योजना ल्याएको छ ।

यस सम्मान योजना अन्तर्गत अबदेखि शिवम् सिमेन्टका प्रत्येक २० बोराको खरिदमा अर्को १ बोरा शिवम् सिमेन्ट सित्तैमा दिने भएको छ ।

शिवम् सिमेन्ट लिमिटेडले गत वर्षको दशैं, तिहार र छठ पर्वको अवसरमा पनि आˆना सम्पूर्ण ग्राहकहरुलाई चाडपर्वको शुभकामना व्यक्त गर्दै “चाँदी नै चाँदी” नामक योजना स्वरुप सम्मान व्यक्त गरेको थियो ।

सो योजना अन्तर्गत, चाडपर्वको अवसरमा शिवम् सिमेन्टले प्रत्येक ४० बोरा सिमेन्टको खरिदमा १० ग्राम “लक्ष्मी-गणेश”अकिंत चाँदीको सिक्का उपहार योजना लागू गरेको थियो ।

आˆनै चुन ढुङ्गा खानीबाट ल्याइएको उच्च कोटीको चुन ढुङ्गा प्रयोग गरी उत्पादन गरिने गुणस्तरीय शिवम् ओपिसि सिमेन्टले छोटो अवधिमै ग्राहक सामु राम्रो लोकप्रियता हासिल गर्न सफल भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !