२४ बैशाख २०८१, सोमबार

नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले राजीनामा दिने घोषणा


चन्द्रसिंह साउद

काठमाडौं । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिने भएका छन् । अर्थ मन्त्रालयले समेत स्पष्टीकरण सोधेपछि उनले राजीनामा दिन लागेका हुन्।

स्रोतका अनुसार सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतिको नाममा सेयर किनेपछि सीईओ साउद विवादमा तानिएका थिए ।

संसदको अर्थ समितिका सदस्यहरुले साउदलाई निलम्बन गरी कारवाही सुरु गर्न अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !