२३ बैशाख २०८१, आइतबार

आज सुनचाँदीको मूल्य ह्वातै घट्यो


सुन

काठमाडौं । आइतबार सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा गत हप्ताको शुक्रबारको तुलनामा आइतबार अधिकतम १५ सय रुपैयाँले घट्दै सुन प्रतितोला ९० हजार रुपैयाँमा झरेको हो भने चाँदी प्रतितोला २५ रुपैयाँले घट्दै एक हजार २४० रुपैयाँमा झरेको हो ।

जबकी गत शुक्रबार बजारमा सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ र चाँदी एक हजार २६५ रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत अधिकतम १ हजार ४५० रुपैयाँले नै घट्दै ८९ हजार ५५० रुपैयाँमा झरेको छ ।

गत शुक्रबार बजारमा तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !