२१ बैशाख २०८१, शुक्रबार

मनकामना स्मार्ट लघुवित्तको आईपीओ खुल्ने १७ गतेबाट खुल्ने


आइपिओ

मनकामना स्मार्ट लघुवित्त बित्तीय संस्थाले असार १७ देखि ३ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले सर्वसाधारणको लागि ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

संस्थाले आईपीओ असार २१ गतेदेखि ढिलोमा असार ३१ गतेसम्म बिक्रि गर्ने जनाएको छ । कुल कित्तामध्ये ६ हजार ५८ कित्ता कर्मचारीहरुलाई, १९ हजार ४५० कित्ता सामुहिक लगानीकोषको लागि छुट्टाएको छ भने बाँकी भएको ३ लाख ६३ हजार ४९२ कित्ता संस्थाले सार्वजनिक निष्कासनमा ल्याउने जनाएको छ ।

आईपीओ खरिदको लागि न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने संस्थाले व्यवस्था गरेको छ । संस्थाको ८ करोड २२ लाख ५० हजार हाल चुक्तापुँजी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !