७ जेष्ठ २०८१, सोमबार

फेरी बढ्यो सुनको भाउ, प्रतितोला कति ?


सुन

काठमाडौं । सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघअनुसार शुक्रबार प्रतितोला पाँच सय रुपैयाँले बढेको छ । ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ८७ हजार दुई सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको भाउ ८६ हजार ७५० रुपैयाँ तोकिएको छ । शुक्रबार १२७५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ प्रतितोला पाँच रुपैयाँले बढेर १२८० रुपैयाँ कायम भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !