३० आश्विन २०७७, शुक्रबार २१:००

कर बुझाउन धुलिखेल धाउनुपर्ने बाध्यता हट्यो



राजश्व

दोलखा ३० असोज । दोलखालीलाई कर बुझाउन काभ्रेपलाञ्चोकको धुलिखेल धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । दोलखा सदरमुकाम चरीकोटमा करदाता सेवा कार्यालय स्थापना भएसँगै यसअघिको बाध्यता अन्त्य हुने भएको हो ।

विगतका वर्षमा रु १५ करोड २७ लाख ७४ हजार राजश्व उठाएकोमा यस आवमा ५० करोड भन्दा माथि राजश्व उठाउने लक्ष्य रहेको कार्यालय प्रमुख रामकुमार श्रेष्ठले बताउनुभयो । दोलखाका १० हजार ३ सय ९ जना करदातालाई ६ सय कर बुझाउन रु ५ हजार खर्च गरेर काभ्रेपलाञ्चोकको धुलिखेल र भक्तपुर जानुपर्ने बाध्यता थियो ।

नेपाल सरकार, मन्त्रिपरिषदको २०७६ पुस २१ को निर्णय अनुसार जिल्लामै करदाता सेवा कार्यालय स्थापना भएपछि आफूहरु खुशी भएको दोलखा उद्योग बाणिज्य सङ्घका सदस्य दिनेश बस्नेतले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बनियानी, २ कात्तिक । झापा बिर्तामोड नगरपालिका–१ स्थित हाम्रो फ्रेस हाउसमा अहिले मासु किन्ने ग्राहकको सङ्ख्या बढेको छ । केही

महेन्द्रनगर, ४ कात्तिक । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङस्थित सैपाल हिमालको फेदको गाउँ धलनका उब्जन बोहरा बिक्रीका लागि भेडा/च्याङ्ग्रा लैजाँदै गर्दा

काठमाडौँ, ४ कात्तिक । कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दशैंँबिदामा आफ्ना शाखाहरु न्खोल्ने भएका छन् । गत वर्ष बडादशैंका

काठमाडौँ, ४ कात्तिक । सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याएका खसी तथा बोका बजार मूल्यअनुसार धेरै सस्तो