२१ बैशाख २०८१, शुक्रबार

केरूङ जाने बाटो धमाधम बन्दै


Road Expansion Underway from Kathmandu to Kerung (China)

रसुवाको विदुरदेखि काठमाडौंको बाइपाससम्म बाटो चक्ल्याउने काम धमाधम भइरहेको छ । सहज ठाउँहरूमा बाटो फराकिलो बनाइँदै छ भने अफ्ठ्यारो चट्टानी भागमा विशेष उपकरणसहित पछि काम हुनेछ । यो बाटो हाम्रा दुई छिमेकी भारत र चीन जोड्ने सबैभन्दा छोटो रसुवागढी-ठोरी सडकमाग अन्र्तगत नुवाकोटको विदुरमा जोडिन्छ ।

उता बार्हैमास पहिरो गइरहने रसुवाको राम्चेलाई छल्दै बेत्रावतीदेखि स्याफ्रुवेशीसम्मको सडक नेपाली सेनाले निर्माण गरिरहेको छ ।

प्रधानमन्त्री केपी ओलीले गत चीन भ्रमणमा व्यापार तथा पारवहन सन्धी गरेपछि उत्तरी छिमेकीसँग जोडिने यो बाटो आशाको केन्द्र बनेको छ । केरुङ—ठोरी मार्ग भारत र चीन जोड्ने सबैभन्दा छोटो बाटो हो । अहिले एक लेनको यो बाटो अब कम्तीमा दुई लेनको बन्नेछ ।

kerung-kathmandu0-road

मधेशीमोर्चाका नेताहरुले केहीदिनयता आन्दोलन नरोकिएको बताइरहेका छन् । यदि पहिलेजस्तो भारतसँगका सीमानाका पुनः बन्द भएमा उत्तर जोड्ने यिनै बाटा विकल्परहीत हुनेछन् । चीन जोड्ने कम्तिमा पाँच मुख्य नाकासम्म सहज बाटो बनाउन सके भारतप्रतिको हाम्रो निर्भरता यसै कम हुनेछ । व्यापारमा पनि विविधता आउने छ नै ।
तस्बिरमा काठमाडौं र नुवाकोटको सीमाक्षेत्रमा सडक विस्तार गरिँदै । तस्बिरः नेपालपत्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !