२१ बैशाख २०८१, शुक्रबार

नेपाल वायुसेवा निगमले हप्तामा तीन दिन उडान भर्ने : चितवनको मेघौली एयरपोर्ट


nepal airlines

१४ मंसिर, चितवन । लामो समयदेखि आंशिक सञ्चालनमा रहेको चितवनको मेघौली एयरपोर्ट बुधबारदेखि नेपाल वायुसेवा निगमले आफ्नो सेवा थालेको छ । निगमले विहीबारदेखि हप्तामा तीन दिन उडान भर्ने भएको छ ।

निगमका प्रवक्ता रविन्द्र श्रेष्ठका अनुसार तत्कालका लागि हप्तामा ३ दिन उडान भर्ने योजना बनाएका छौं, यसपछि यात्रुको चापअनुसार उडान हेरफेर गर्न सकिन्छ ।’ निगमले विहीबारदेखि हप्तामा तीन दिन उडान भर्ने भएको छ । स्थानीय जनताको माग अनुसार उडान सुरु गरेको उनको भनाइ छ ।

अहिले सञ्चालनमा रहेको भरतपुर विमानस्थलबाट २५ किमी टाढा यो विमानस्थल सन् १९८६ देखि सञ्चालमा आएको घाँसे विमानस्थल हो। स्थानीयसँगै मेघौली आसपासमा रहेका होटल व्यवसायीहरुले पनि यो विमानस्थल सञ्चालनमा ल्याउनुपर्ने माग गर्दै आएका थिए।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !