१४ बैशाख २०८१, शुक्रबार

बेँसीशहर–चामे सडक पुनःसञ्चालन


नारायणगढ–मुग्लिन सडक

लमजुङ, ९ असार । अविरल वर्षाले पहिरो जाँदा अवरुद्ध बेँसीशहर– चामे सडक पुनःसञ्चालन भएको छ । पहिरो जाँदा सोमबार बिहानदेखि विभिन्न स्थानमा पहिराले अवरुद्ध सडक गए रातिदेखि चलेको हो ।

लमजुङको मस्र्याङ्दी गाउँपालिकास्थित च्याम्चे, रामबजार, स्यागे, गोप्टेभीरलगायत स्थानमा एक्साभेक्टरको माध्यमबाट पहिरो पन्छाई सवारीसाधन सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय दमौली तनहुँका इञ्जिनीयर सुनम अधिकारीले बताउनुभयो । उहाँका अनुसार सबैभन्दा बढी च्याम्चेमा करीब २० मिटर सडक अवरुद्ध भएको थियो ।

अहिले पहिरो हटाइए पनि कुनै पनि बेला सोही स्थानलगायत विभिन्न स्थानमा वर्षाले बेँसीशहर– चामे सडक अवरुद्ध हुन सक्ने उहाँको भनाइ छ । बेँसीशहरदेखि मनाङसम्मको ६५ किलोमिटरको
सडक गत शनिबार विभिन्न स्थानमा पहिरो जाँदा अवरुद्ध भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !