मौलिक पर्वले आपसी सद्भाव, हार्दिकता र समतामूलक समाज निर्माणमा उत्प्रेरणा दिने मुख्यमन्त्री राउतको विश्वास - Nepalpatra Nepalpatra मौलिक पर्वले आपसी सद्भाव, हार्दिकता र समतामूलक समाज निर्माणमा उत्प्रेरणा दिने मुख्यमन्त्री राउतको विश्वास - Nepalpatra
१३ माघ २०७७, मंगलबार

मौलिक पर्वले आपसी सद्भाव, हार्दिकता र समतामूलक समाज निर्माणमा उत्प्रेरणा दिने मुख्यमन्त्री राउतको विश्वास


लालबाबु राउत

जनकपुर । मुख्यमन्त्री लालबावु राउतले किरात समुदायको उधौली पर्व, गुरुङ समुदायको तमु ल्होसार, नेवार समुदायको योमरीपुन्ही र हिन्दू धर्मालम्बीको धान्य पूर्णिमाका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा नेपालका विविधतायुक्त मौलिक पर्वले देशवासीमा आपसी सद्भाव, हार्दिकता र सहिष्णुतासहितको समतामूलक समाज निर्माणमा उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !