१९ बैशाख २०८१, बुधबार

परिणाम निकाल्ने गरि काम गर्न मन्त्रीलाई मुख्यमन्त्रीको निर्देशन


मन्त्रिपरिषद् बैठक

विराटनगर । प्रदेश १ को मन्त्रिपरिषद् बैठकले केही महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकमा मुख्यमन्त्री राजेन्द्रकुमार राईले नयाँ मन्त्रीहरूलाई बधाई दिएका छन् ।

बधाईसँगै मुख्यमन्त्री राईले मन्त्रीहरूलाई प्रदेश सरकारको न्यूनतमा साझा कार्यक्रम र गठबन्धनको भावनाअनुरुप दत्तचित्त भएको काममा खटिएर परिणाम निकाल्न निर्देशन दिएका छन् ।

बैठकले प्रदेश सरकारका मन्त्रालय र यसअन्तर्गतका निकायको संगठनात्मक संरचना र दरबन्दी पनि स्वीकृत गरेको छ । स्वीकृत संगठनात्मक संरचना र दरबन्दीअनुसार अब प्रदेश नं. १ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १३ वटा मन्त्रालय रहनेछन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !