१४ बैशाख २०८१, शुक्रबार

माओवादी केन्द्र छाडेपछि मन्त्री बनेका टंक आङ्बुहाङ सांसद पद त्याग्न तयार


टङ्क आङ्बुहाङ

काठमाडौँ । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले सांसद पद त्याग्न तयार रहेको दावी गरेका छन् । नेकपा माओवादी केन्द्रले स्पष्टीकरण सोधेपछि जवाफ नदिने दावी गरेका हुन् । उनले भने, “सांसद पद त्याग्न तयार छु, स्पष्टीकरणको जवाफ दिन्न ।”

माओवादी केन्द्र त्याग गरी एमाले प्रवेश गरेपछि मन्त्री बनेका हुन् । उनले जवाफ पठाइरहनुको औचित्य नभएको र अब पठाउँदा पनि केही नहुने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !