१३ बैशाख २०८१, बिहिबार

धनुषामा गोली चल्यो, एक युवक गम्भीर घाइते


कम्ती तीन घाइते

जनकपुरधाम । धनुषामा गोली चल्दा एक युवक गम्भीर घाइते भएका छन् । जनकपुरधाम उपमहानगरपालिका-१९ मा शनिबार राति गोली प्रहारबाट स्थानीय १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन् ।

प्रहरीका अनुसार किराना पसलमा बसेर ६/७ जनाको समूह कुराकानी गरिरहँदा एक्कासि उनीमाथि गोली प्रहार भएको थियो । मुखियाको चिउँडोमा लागेको गोली घाँटीमा गएर अड्किएको छ ।

कमला नगरपालिका-८ घर भएका मुकेश जनकपुरधाम १९ शिबपुरस्थित मामाको घरमा बस्दै आएका थिए । उनलाई राति नै उपचारका लागि काठमाडौं पठाइएको छ ।

उनीमाथि पेस्तोलबाट गोली प्रहार गरिएको प्रहरीको भनाइ छ । पेस्तोल बरामद भइसकेको र गोली प्रहार गर्नेको पहिचान पनि भइसकेको प्रहरीले जानकारी दिएको छ ।

गोली कसले प्रहार गरेको भन्ने खुलेको छैन । गोली प्रहार गर्नेको खोजी भइरहेको र घट्ना सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !