२२ बैशाख २०८१, शनिबार

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य, दिउँसो सपथग्रहण


भीम आचार्य

मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईको प्रस्तावमा नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् ।

आज विराटनगरको होटल एसियाटिकमा बसेको संसदीय दलको बैठकबाट आचार्य दलको नेता चयन भएका हुन् । स्रोतका अनुसार आचार्यलाई आजै मुख्यमन्त्रीको रुपमा सपथग्रहण गराउने तयारी छ ।

प्रदेश १ मा ९३ जना प्रदेशसभा सदस्य छन् । जसमध्ये अहिले ९२ जना सांसद छन् । प्रदेशसभामा एमालेका मात्र ५१ सदस्य छन् । जसमध्ये एक जना सभामुख छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !