४ जेष्ठ २०८१, शुक्रबार

माओवादी केन्द्र छाडेका टङ्क आङ्बुहाङलाई ओलीले मन्त्रीको उपहार दिँदै


टङ्क आङ्बुहाङ

काठमाडौं । माधवकुमार नेपाल-झलनाथ खनाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर सात दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएपछि मुख्यमन्त्री राईले सरकार विस्तारको तयारी थालेका छन् ।

युबा संघ, नेपालका केन्द्रिय सदस्य केबी आलेका अनुसार माओवादी केन्द्रवाट नेकपा एमाले प्रवेश गर्ने र नेपाल-खनाल समूहवाट ओली समूहमा आएका नेताहरुहरु मन्त्री बन्ने भएका छन् । केबी आलेका अनुसार माओवादी केन्द्र छाडेका टङ्क आङ्बुहाङ, नेपाल-खनाल समूह त्याग गरेका उषाकला राई र कला घले, राजकुमार ओझा, गोपाल बुढाथोकी मन्त्री बन्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !