१९ बैशाख २०८१, बुधबार

बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद


भरुवा बन्दुक

लहान, २६ भदौ । सिरहाको गोलबजार नगरपालिका–१० बाट प्रहरीको टोलीले बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद गरेको हो ।

बरामद भएको बन्दुक वनक्षेत्रमा गस्तीका लागि आएकाहरुले प्रहरीलाई देखेपछि छाडेर भागेको हुनसक्ने प्रहरीको अनुमान छ ।

पानीमा डुबेर दुईको मृत्यु
सिरहाको छुट्टाछुटै स्थानमा खोला र दहमा डुबेर हिजो एकै दिन एक बालकसहित दुई जनाको मृत्यु भएको छ । सिरहाको अर्नामा गाउँपालिका–३ मैनाबत्ती खोलाको पानीमा डुबेर स्थानीय १० वर्षीय बालक चन्दन महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । खोलाको पानीमा नुहाउने क्रममा डुबेर सिकिस्त भएका बालकलाई उपचारका लागि स्थानीय क्लिनिकमा ल्याइएको र उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै मिर्चैया नगरपालिका–९ स्थित कमलदहमा डुबेको अवस्थामा एक युवतीको शव फेला परेको छ । तत्काल सनाखत हुन नसकेको अन्दाजी २२ वर्षीया ती युवतीको शव दहको पानीमा डुबेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !