१४ बैशाख २०८१, शुक्रबार

कर्णाली प्रदेशसभाको पाँचौ अधिवेशन अन्त्य


कर्णाली प्रदेशसभा

सुर्खेत, ५ बैशाख । कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहेपछि कर्णाली प्रदेशसभाको पाँचौं (हिउँदे) अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नेपालको संविधानको धारा १८३ (२) बमोजिम आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेशसभा बैठक फागुन २७ गतेदेखि बस्न सकेको थिएन । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्यको घोषणा गर्नुभएको हो । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ २४ गतेदेखि शुरु भएको थियो । विधेयक अधिवेशनका रुपमा लिइने यस अधिवेशनमा ६ वटा बैठक सम्पन्न भए । प्रदेशसभा सचिवालयका अनुसार विभिन्न समितिमा विचाराधिन ८ वटा विधेयक चालू अधिवेशनबाट पारित हुने सम्भावना थियो । तर कोभिड १९ द्वारा सिर्जित समस्याका कारण यस अवधिमा एउटा पनि विधेयक पारित हुन सकेन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !