७ मंसिर २०८१, शुक्रबार

काङ्ग्रेस महाधिवेशन: सह-महामन्त्री पदमा मुख्यमन्त्री शाहीको उम्मेदवारी घोषणा


जीवनबहादुर शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांगे्रसको १४औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेद्वारी घोषणा गरेका छन् । कांगे्रसका केन्द्रीयसमेत रहेका मुख्यमन्त्री शाहीले पिछडिएको क्षेत्रको कोटाबाट उक्त पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव राज रोकायाले हालसम्म तीन कार्यकाल केन्द्रीय सदस्य भई पार्टी हितमा कुशलतापूर्वक भूमिका निर्वाह गरेका कारण यस पटक सहमहामन्त्री पदमा उनले मनोनयन दर्ता गर्ने बताए । हुम्लाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्दै मुख्यमन्त्री हुनुभएका शाही यसअघि सङ्घीय सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन र खानेपानीमन्त्री भइससकेका छन् ।

प्रदेशसभामा कांगे्रसको ६ सिट मात्र भए पनि वर्तमान सत्ता गठबन्धन निर्माणको सुरुवात कर्णालीबाटै आफूहरुले गरेकाले पार्टी नेताहरुले उक्त भूमिकाको मूल्याङ्कन गर्दै सहमहामन्त्रीको जिम्मेवारी दिनुपर्ने शाहीको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !