१५ बैशाख २०८१, शनिबार

‘पोखराको सेती खोंचलाई पर्यटकीय गन्तव्य बनाउन सकिने’


पोखरा

पोखरा । पोखराको भूगर्भबाट बग्ने चर्चित सेती नदीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने पोखरामा आयोजित एक अन्तक्र्रिया कार्यक्रमका वक्ताले बताएका छन् ।

पोखराको युनाइटेड क्लबले आफ्नो १२औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको ‘पोखरामा सेती खोंच एक पर्यटकीय गन्तव्य’ विषयक अन्तक्र्रिया कार्यक्रम सहभागी वक्ताले सेती गल्छीलाई एक साहसिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने सम्भावनाका बारेमा जोड दिएका हुन् ।

बहसमा भूगोलविद् प्रा डा कृष्ण केसीले अन्नपूर्ण हिमालदेखि तनँहुको भिमादसम्मको वृत्तचित्र प्रस्तुत गर्दै सेती गल्छीलाई साहसिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरी उक्त ठाउँलाई भूगोलका विद्यार्थीलाई अध्ययन केन्द्रका रुपमा विकास गर्न सकिने धारणा राखे । भूगर्भबाट सुस्ताइरहेको सेतीले पर्यटकको ध्यानाकर्षण गर्न सक्ने जनाउँदै क्लबले सेती गल्छीका बारेमा चासो राखेर अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्नु निकै सकरात्मक भएको उनले बताए ।

वातावरणविद् एवं राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त योजनाका सदस्य जुद्धबहादुर गुुरुङले सेती नदीको गल्छीले पर्यटकीय गन्तब्य बन्नसक्ने जनाउँदै क्लबको पहलमा छिट्टै एक साहसिक पर्यटकीय गन्तब्य बन्नेमा विश्वस्त रहेको बताए।

उनले आफ्ना तर्फबाट गर्नुपर्ने सहयोगका लागि प्रतिबद्धतासमेत जनाए । उनले कोरोनाले सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न यस्ता पर्यटकीय सम्भावना बोकेका चर्चित स्थानको खोजी गरेर प्रवद्र्धन गर्न आवश्यक रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !