काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्रीले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले चारजना मन्त्री नियुक्त गरेका छन् ।
स्रोतका अनुसार आर्थिक मामिला तथा योजनामन्त्रीमा किरण गुरूङले सपथ लिएका छन् । गुरुङले यसअघि भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्साल र सामाजिक विकासमन्त्री रहेका नरदेवी पुनलाई विनाविभागीय मन्त्री बनाएका हुन् ।
आज प्रदेश प्रमुख सीताकुमारी पौडेलले चारैजनालाई सपथ खुवाएकी छन् ।