२२ बैशाख २०८१, शनिबार

नागरिकहरु नै कोरोना महामारी रोकथाममा बेखवर


नागरिकहरु नै कोरोना महामारी रोकथाममा बेखवर

नवलपरासी । नवलपरासी-२५ गते सोमबार आज हामी कावासोती मालपोत कार्यालय पुगेका थियौं त्यहाँको वातावरण हेर्दा कोभिड-१९ लाई खिल्ली उडाए जस्तो लाग्यो ।सरकारले हरेक निकायमा अत्यधिक भिड जम्मा गराएको महसुस हामीले गरेका थियो । जबसम्म हामीले सिस्टमको विकास गर्न सक्दैनौं तबसम्म हामीले नोबेल कोरोनालाई जित्न सक्दैनौ ।

आज जनता निर्धक्क भएर काममा व्यस्त भएको रोगको कुनै प्रवाह नगरेको पायौं । यसरी काम गर्दा रोगको प्रवाह समेत नगरी जनता काममा जुटेको देख्दा कमजोरी कस्को भन्ने प्रश्न चिन्ह खडा भएको देखिन्छ ।

देशमा परिवर्तन यसरी होला जस्तो लागेन । समय साक्षेप हामीले जुन किसिमको काम गर्दैछौं उसले रोगलाई बढावा दिने खालको काम मात्र भएको देखिन्छ । यसरी भिड जम्मा गराउनुको साटो हरेक दिन काम गराउदा ठिक हुने जस्तो लाग्छ ।

कार्यालयले हरेक दिन काम तदारुकताका साथ दिएको देखियता पनि यसरी भिड जम्मा हुदा रोगलाई बढावा हुने सम्मभावना प्रवल देखिएको हामीले पायौं ।देश र जनताको भावनालाई समेटेर हरेक कार्यालयमा कम्तीमा २ देखि ४ बजेसम्म काम हुनुपर्छ तर यहाँ ठिक १२:२२ मा रोकुवा फुकुवा बन्द भएको जानकारी हामीले पाएका थियौं।

सरकारले समयलाई ध्यानमा राख्दै क्रमचारी थपेर भएपनि जनताको काम गराउन सके यसले पोजीटिभ सन्देश जनतामा जाने हामीले महसुस गरेका थियौं। हरेक कार्यालयमा क्रमचारि कम भएको तर काम बढी देखिएको हामीले महसुस गरेका थियौं। यस्ले जनतामा नकरात्मक सन्देश जाने सम्भावना बढी देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !