९ जेष्ठ २०८१, बुधबार

केन्द्रले स्थानीय सरकारमाथि हस्तक्षेप नगर्दा मुलुकमा सङ्घीयता प्राप्त हुन्छ : मुख्यमन्त्री पाण्डे


राजेन्द्र पाण्डे फाइल फोटो

ललितपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले एउटा तहले गरेको काममा अर्को तहले हस्तक्षेप नगर्दा मुलुकमा सङ्घीयता प्राप्त हुने बताएका छन् ।

मन्त्री पाण्डेले सङ्घ तथा प्रदेश र स्थानीय तहले बनाउने नीति तथा नियम बाँझिन पुगेमा सङ्घीयता प्राप्त गर्न समस्या उत्पन्न हुने बताए । उनले भने, “तीनै तहका जनप्रतिनिधिले योजना छनोटमा कसरी लाग्ने भन्ने ध्यान दिन जरुरी छ ।”

मुलुकमा सङ्घीयता कार्यान्वयनका लागि आफूहरूले स्थानीय तहका कर्मचारीसम्बन्धी विधेक तयार गरिरहेको मुख्यमन्त्री पाण्डेले बताए । “वाग्मतीमा लगभग तीन हजार ४०० कर्मचारी रहनुपर्दा करिब एक हजार ४०० कर्मचारी खाली रहेका छन्”, उनले थपे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु