२१ बैशाख २०८१, शुक्रबार

खेलकुद प्रतिष्ठानलाई प्रदेशको गौरव आयोजनाको रूपमा निर्माण गर्ने मुख्यमन्त्री पौडेलको दावी


dormani

९ चैत, मकवानपुर । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडामा निर्माणाधीन केन्द्रीय खेलकुद प्रतिष्ठानलाई प्रदेशको गौरव आयोजनाको रूपमा निर्माण गर्ने बताएका छन् ।

प्रदेश सरकारको प्रमुख प्राथमिकतामा परेको भन्दै उनले हेटौंडा उपमहानगरपालिका–१६, गौरीटारमा रहेको प्रतिष्ठानको बिहीबार अवलोकन गर्दै यस्तो बताएका हुन् ।

‘प्रतिष्ठान निर्माणपछि मकवानपुरसहित प्रदेशकै खेल पर्यटनमा महत्वपूर्ण उपलब्धि हासिल हुन्छ,’ उनले भने, ‘प्रतिष्ठानलाई प्रदेशको गौरव आयोजनाको रूपमा निर्माण गर्न हामी तयार छौं ।’

प्रतिष्ठानमा हाल एक पुरुष छात्रावास निर्माण अन्तिम चरणमा रहेको छ । सरकारी बेवास्ताका कारण निर्माणस्थलमा झाडी बढ्दै गएको छ । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले उक्त प्रतिष्ठानको ८ वर्षअघि शिलान्यास गरेका थिए। नेपाल नेतृत्वको सरकारपछिका केन्द्रीय सरकारले प्राथमिकता नदिएपछि प्रतिष्ठान निर्माण अन्योलग्रस्त बनेको थियो ।

प्रतिष्ठान निर्माणका लागि करिब ३ अर्ब लाग्ने अनुमान छ । प्रतिष्ठानमा फुटबल, भलिबल, क्रिकेट, मार्सलआर्ट, दौड, पौडी, ब्याडमिन्टन, टेनिसलगायत दुई दर्जनभन्दा बढी खेलका लागि पूर्वाधार निर्माण गर्न सकिने जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !