२१ बैशाख २०८१, शुक्रबार

तिहार पर्वले सत्कर्ममा लाग्न प्रेरणा मिलोस् : मुख्यमन्त्री पौडेल


डोरमणि पौडेल

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तिहार पर्वले सत्कर्ममा लाग्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले नेपालीको महान् चाड तिहारका अन्तिम दिन आज भाइटीकाको अवसरमा जारी गर्नुभएको शुभकामना सन्देशमा दाजुभाइ र दिदीबहिनीबीच आपसी प्रेम, सद्भाव तथा सुमधुर सम्बन्ध स्थापना गर्न भाइटिकाले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभएको छ ।

उहाँले सन्देशमा भन्नुभएको छ, “यतिबेला सम्पूर्ण मानव समुदाय कोरोनाविरुद्ध सङ्घर्षरत छ । कोरोनाको महामारीबाट स्वास्थ्य चुनौतीसँगै जनजीवनका विविध पाटाहरु नराम्ररी प्रभावित भएका छन् । महामारीका कारण चाडपर्वहरु विगतको जस्तो खुलेर मनाउने अवस्था छैन । त्यसैले विश्व स्वास्थ्य सङ्गठन तथा नेपाल सरकारले तोकेका मापदण्डलाई पालना गरी आफ्नो परिवारमा मात्र सिमित भएर चाडपर्व मनाउन अनुरोध गर्दछु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !