२१ बैशाख २०८१, शुक्रबार

‘प्रदेश सरकारका योजनाहरु प्रभावकारी र नतिजामुखी छन्’


डोरमणि पौडेल

वाग्मती, १४ साउन । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले सञ्चालन गरेका तथा प्रदेशको बजेटबाट सञ्चालन भएका योजना प्रभावकारी एवं नतिजामुखी भएको बताउनुभएको छ ।

उत्तरी मकवानपुरको थाहा नगरपालिकाका विभिन्न योजना अनुगमन गर्दै मुख्यमन्त्री पौडेलले थाहानगरमा समेत प्रदेश सरकारको योजना अनुरुप नै कार्य सञ्चालन भएको पाइएको भन्दै खुशी व्यक्त गर्नुभयो । प्रदेश प्रमुख विष्णु प्रसार्इंसहित थाहा पुग्नुभएका पौडेलले थाहानगरका थाहा स्मारक पार्क, शीतभण्डार, बसपार्क, आँखा उपचार केन्द्र लगायतको अवलोकन गर्नुभएको थियो ।

अवलोकनका क्रममा उहाँले थाहानगर पर्यटकीय नगर भएकाले पर्यटन प्रवद्र्धनका लागि थाहा स्मारक उद्यानले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले पर्यटन प्रवद्र्धनमा नगरपालिकाले प्रभावकारी योजना सञ्चालन गरेको र यसलाई पूर्णता दिन आफ्ना तर्फबाट सहयोग हुने भन्दै उद्यान परिसरमा सञ्चालनको अन्तिम तयारीमा रहेको ‘कोशेली घर’लाई तत्काल सञ्चालन गर्न अनुरोध गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले प्रदेशको सहयोगमा वडा नं ४ थानाबजारमा निर्माण थालिएको बसपार्कको अनुगमन गर्दै ‘बसपार्क निर्माण एप्रोज’ अरूका लागि सिकाइको केन्द्र भएको धारणा राख्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !