, पर्यटन

पर्यटन

  • Terathum

    ह्यात्रुङ झरना पर्यटकी गन्तव्य बन्दै

    १३ असार, आठराई, तेह्रथुम । फेदाप गाउँपालिकास्थित ह्यात्रुङ झरना पर्यटकीय गन्तव्य बन्दै गएको छ । यहाँ पछिल्लो समय आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ । वर्षायामसँगै पानीको बहाव बढेपछि झरना अवलोकन गर्न आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । फेदाप गाउँपालिकाको सम्दु र इसिबुको बीचभागमा रहेको ३६५ मिटर अग्लो सो झरनासँगै रमाउनेको संख्या दिन प्रतिदिन […]

  • muddy_thamel_-2_1527556185-1000x0

    पर्यटकीयस्थल ठमेलमा खाल्डैखाल्डो, हिड्न पनि समस्या

    १२ असार, काठमाडौँ ।  मुलुककै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको ठमेल यतिखेर खाल्डैखाल्डो भएको छ । दैनिक हजारौँ स्वदेशी तथा विदेशी पर्यटक आवतजावत गर्ने कामनपा वडा नं २६ मा पर्ने ठमेल क्षेत्र बर्खा लागेसँगै बाटोमा परेको पानीका कारण कुरुप बन्दै गएको हो । एक दशकदेखि ठमेलको क्वावहालमा मालाको व्यवसाय गर्दै आउनुभएका ओखलढुङ्गाका भेषबहादुर गुरुङ ठमेलबाट असन […]

  • Nepalpatra

    तेह्र महिनादेखि विमानस्थल बन्द, यात्रु र विरामी मर्कामा

    १२ असार, जाजरकोट ।  चौरजहारीमा रहेको विमानस्थल १३ महिनादेखि बन्द हुँदा यहाँका स्थानीयले सेवा पाएका छैनन् । पश्चिम रुकुमको चौरजहारी विमानस्थलमा १३ महिनादेखि हवाई उडान बन्द भएको छ । उडानका लागि जहाजको कमी भएको भन्दै हवाई सेवा बन्द भएको हो । नागरिक उड्डयन प्राधिकरणले उडान तालिका राखेपनि एउटा मात्र जहाज भएकाले उडान नभरेको हो । […]

  • Rabindra Adhikari

    नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाइयोः मन्त्री अधिकारी

    ८ असार, काठमाडौँ  ।  संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाउन सफल भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उडान सम्बन्धी समसामयिक विषयमा उठेका जिज्ञासाका सम्बन्धमा उहाँले नेपालको वायु सेवालाई सन् २०१३ मा गम्भीर सुरक्षा खतराको सूचीमा राखेकोमा हाल त्यसलाई हटाइएको जानकारी सदनलाई दिनुभयो । […]

  • Gurja-ma-padmarga-5

    गुर्जामा ‘छन्त्याल’ होमस्टे

    २८ जेठ , बाबियाचौर, म्याग्दी ।  अल्पसंख्यक छन्त्याल समुदायको बसोबास रहेको धौलागिरि गाउँपालिका–१ गुर्जा गाउँमा होमस्टे (घरबास) सञ्चालन गरिएको छ । प्राकृतिक सौन्दर्य, छन्त्याल संस्कृति र ग्रामीण जीवनशैलीको अध्ययन अवलोकनका लागि गुर्जामा पुग्ने पर्यटकको खानेबस्ने सुविधाका लागि स्थानीयवासीले होमस्टे शुरु गरेका हुन् । यहाँका ६ वटा घरमा ५० जना क्षमताको होमस्टे सञ्चालन गरिएको वडाध्यक्ष झकबहादुर […]

  • Nepalpatra

    पर्यटन प्रवद्र्धन गर्न नेपाली पर्यटन व्यवसायी भारतमा

    १८ जेठ, भारत, पटना ।   ‘चलिये पडोशी के पास, हरपल खुशहाल नजारा भी खास’ नाराका साथ चितवनका पर्यटन व्यवसायी यति बेला भारतीय सीमा शहर पटनामा पर्यटन प्रवद्र्धनमा जुटेका छन् । हिन्दी भाषामा लेखिएको यो नाराले छिमेकीकोमा घुम्न जाउँ, सदावहार विशेष दृश्यावलोकनको सौन्दर्भमा ‘रमाऔं भन्ने सन्देश दिएको छ’ । नेपालका पर्यटकीय गन्तव्यमा सुविधा सम्पन्न होटल थपिँदा पर्यटक […]

  • Nepalpatra

    सिमेन्टको बढ्दो प्रयोगसँगै घान्द्रुकको मौलिकता हराउने चिन्ता

    १८ जेठ , पोखरा । “घान्द्रुकमा धमाधम भौतिक संरचना निर्माणमा सिमेन्ट तथा बालुवाको प्रयोग बढ्न थालेका कारण कतै यहाँको मौलिकपन हराउने त होइन भन्ने चिन्ता बढ्नु स्वभाविकै हो,”– घान्द्रुकका स्थानीयवासी रुपबहादुर गुरुङले भन्नुभयो । चिटिक्क मिलेका ढुंगाले छाएका र सर्लक्क ढुंगाले छापिएको बस्ती घान्द्रुकको विशिष्टता भए पनि पछिल्लो दुई दशकयता यस ठाउँमा सिमेन्टको प्रयोग बढेको उहाँले […]

  • Todke Chhetra

    टोड्के क्षेत्र पर्यटकको पर्खाइमा

    १७ जेठ, बेनी, म्याग्दी । मंगला गाउँपालिका, बेनी नगरपालिका र उत्तरी रघुगंगा गाउँपालिकाको सिमानामा रहेको प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल टोड्के पर्यटकको पर्खाइमा छ । समुद्री सतहदेखि झण्डै दुई हजार ४०० मिटरको उचाइमा रहेको टोड्केबाट उत्तरतर्फ धौलागिरि, अन्नपूर्ण, मानापाथि, नीलगिरिलगायत मनोरम हिमशृंखलाको दृश्यावलोकन गर्न पाइन्छ । यहाँबाट दर्जनौँ गाउँको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । टोड्केमा आशा गरेअनुरुप […]

  • पर्यटकीय

    अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म म्याराथन

    १६ जेठ, पोखरा ।  विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत अन्नपूर्ण आधार शिविरदेखि घान्दु्रकसम्म अन्नपूर्ण म्याराथन हुने भएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तेस्रो चरणको कार्यक्रमअन्तर्गत हुन लागेको म्याराथनमा राष्ट्रिय धावकसहित ५८ जनाको सहभागिता हुनेछ । उक्त महोत्सव मूल व्यवस्थापन समितिका संयोजक ललित गुरुङका अनुसार म्याराथनमा सहभागी हुन काठमाडौँलगायत देशका […]