५ असार २०८३, शुक्रबार
पर्यटन

घरबासमा आन्तरिक पर्यटकको आकर्षण बढ्यो

१४ कात्तिक, कुश्मा । घरबासको अवधारणा आएसँगै ग्रामीण क्षेत्रमा आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ । पर्वत मोदीस्थित चित्रेको घरबासमा पर्यटकको ओइरो लागेको छ । पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थल पञ्चासेमा आउने पर्यटकका कारण चित्रेका घरबास भरिभराउ भएका हुन् ।