७ जेष्ठ २०८१, सोमबार
राजनीति

माओवादी केन्द्रको विशेष रुपान्तरण अभियान आज सकिँदै

काठमाडौँ । पार्टीलाई रुपान्तरण गर्ने उद्देश्यले नेकपा (माओवादी केन्द्र)ले सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ आज सकिँदै छ । माओवादी केन्द्रले गत भदौ १६ गतेदेखि देशभरका छ हजार सात सय ३४ वडामा तीन महिने अभियान सञ्चालन गरेको थियो ।