अख्तियार प्रमुख कार्कीले भने-‘महाअभियोग फेस गर्छु राजीनामा दिन्न’
काठमाडौं ७ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की महाअभियोग ‘फेस’ गर्ने तयारीमा लागेका छन् । संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि नेपाल फर्किएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख कार्कीले दुविधा हटाएर महाअभियोग फेस गर्ने बताएका छन् ।