१२ असार २०८१, बुधबार
राजनीति

आन्दोलनका-नाममा जनताले सास्ती पाउने काम सरकारले सहन्नः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले संघीय गठबन्धनले सिंहदरबार घेराउको आन्दोलन नरोके बल प्रयोग गर्ने संकेत गरेका छन्। मदन भण्डारी र जीवराज आश्रितको २३ औं स्मृतिमा नेकपा एमालेले गरेको कार्यक्रममा उनले सिंहदरबार घेराउलाई तमासा भन्दै धेरै दिन हुन नदिने बताएका हुन्।