सत्तारुढ दल नेकपाः कहिले हुन्छ चलायमान ?
१९ साउन, काठमाडौं । देशकै सबैभन्दा ठूलो र सत्ता हाँकिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना सबै संयन्त्र स्थापना गरी पार्टीलाई चलायमान बनाउन सकेको छैन । पार्टीलाई चलायमान बनाउन नसक्दा त्यसको असर सरकार सञ्चालनमान समेत परेको नेताहरुको गुनासो छ ।