२३ भदौ २०८३, मंगलबार
समाचार

साउनदेखि सवारी दुर्घटना बिमावापत् ५ लाख क्षतिपूर्ति

बिमा समितिले आगामी साउन १ गतेदेखि यात्रु, चालक, परिचालक, चेकर, हेल्पर तथा सुरक्षाकर्मीको सवारी दुर्घटनाबाट मृत्यु भएमा प्रतिव्यक्ति पाँच लाख रुपैयाँ बिमाङ्क कायम हुने व्यवस्था गरेको छ। ‘मोटर बिमादर सम्बन्धी निर्देशिका, २०७३’ जारी गर्दै बिमा समितिले यस्तो व्यवस्था गरेको हो।