६ फाल्गुन २०८२, बुधबार
समाचार

नारायणगढ–मुग्लिन सडकको सात ठाउँमा पहिरो खस्यो

चितवन, ३० जेठ । नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरेदेखि कालीखोलासम्मको भागमा ठाउँठाउँमा पहिरो खसेपछि आज बिहानबाट सडक अवरुद्ध बनेको छ । सो सडक विस्तार गरिरहेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार बिहान ४ः३० बजेबाट पहिरोका कारण सडक अवरुद्ध बनेको हो ।