१८ आरोहीद्वारा सगरमाथाको सफल आरोहण सम्पन्न
४ जेठ, सोलुखुम्बु । सगरमाथा आरोहणको पाँचौ दिन विहिवार १८ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा गएका दुई समूहका १८ जानाले शिखरमा पाइला टेक्न सफल भएको सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।