७ श्रावण २०८३, बिहिबार
समाचार

दुर्गादेवीमा ४३ वर्षदेखि धुलोमै बसेर पढाइ

६ असार, जाजरकोट । यहाँको कुशे गाउँपालिका–६ भार्मस्थित दुर्गादेवी आधारभूत विद्यालयमा पढ्ने विद्यार्थी धुलोमा बसेर पढ्न बाध्य छन् । उनीहरू फर्निचर अभावमा भुइँमा बसेर पढाइ गर्न बाध्य भएका हुन् । विद्यालय रहेको स्थान कुशे गाउँपालिकाको प्रशासनिक केन्द्र पनि हो ।