६ श्रावण २०८३, बुधबार
समाचार

मुग्लिङ सडकमा पहिरो खस्दा सडक अवरुद्ध

२० असार, चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने नारायणगढ—मुग्लिङ सडकखण्डअन्तर्गत चार किलो र पाँच किलोको बीच टोपेखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज बिहान अन्दाजी ५ः३० बजेतिर पहिरो खसेको प्रहरीले अनुमान गरेको छ ।