एकीकृत कृषि बजार केन्द्र स्थापना हुँदै
२० असार, बुटवल । रुपन्देहीको सैनामैना र बुटवलमा एकीकृत कृषि बजार केन्द्र (अत्याधुनिक ग्रीनपार्क) स्थापना गरिने भएको छ । यहाँको कृषि बजारलाई विस्तार गर्ने, आयात प्रतिस्थापन र निर्यातमा जोड दिँदै किसानलाई उत्पादनमा प्रोत्साहन गर्नेगरी परियोजना निर्माण हुन लागेको हो ।