२९ साउन, वालिङ । स्याङ्जाको भीरकोट नगरपालिका–९ वडाले दलित समुदायलाई पञ्चेबाजा सहयोग गरेको छ । लोप हुने अवस्थामा रहेका कारण त्यसको संरक्षण गर्ने उद्देश्यले दलित समुदायलाई रु एक लाख पचास हजार बराबरको पञ्चेबाजा सहयोग गरिएको वडाध्यक्ष भीमबहादुर गुरुङले बताउनुभयो ।