श्रावण १९, २०७३- नेपाल मेडिकल काउन्सिलका पदाधिकारीहरूबाट हुनुपर्ने नियमित कामकारबाही र निर्णय अख्तियारको निर्देशन र हस्तक्षेपमा हुने गरेको पाइएको छ। अख्तियार उच्च स्रोतबाट कान्तिपुरलाई प्राप्त कागजातअनुसार सिट निर्धारणदेखि मेडिकल कलेजहरूको नियमित निरीक्षण र अन्य कामकारबाहीमा अख्तियारले काउन्सिलको क्षेत्राधिकारमा हस्तक्षेप गरेको