इटालीमा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो
१९ कात्तिक, रोम, इटाली । इटालीको दक्षिणी शहर सिसिलीमा आँधीपछि आएको बाढीका कारण एकै परिवारका नौजनासहित १२ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् । यस हप्ता इटालीमा आएको आँधी र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ ।