समयमा उपचार नपाई १ जना महिलाको मृत्यु
कनकाई, ६ असोज । अस्पताल पुर्याएर पनि समयमा उपचार नपाई एक वृद्धाको निधन भएको छ । झापाको मेचीनगर-५ निवासी ७२ वर्षीया पवित्रादेवी तिम्सिनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समयमा उपचार हुन नसक्दा आइतबार राति ९ बजे निधन भएको हो