चितवनमा ग्यास बुलेटको ठक्करबाट २ जनाको मृत्यु
चितवन । चितवनमा आज सोमबार साँझ मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनको राप्ती नगरपालिका-६ स्थित हर्दिमा आज साँझ ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो ।