२ जेष्ठ २०८३, शनिबार
समाचार

तरकारी बेच्ने टहरामा आगलागी

काठमाडौं । बालाजुको एक तरकारी बेच्ने टहरामा आगलागी भएको छ । प्रहरी अनुसार काठमाडौं महानगर–१६ स्थित ढुंगेधारामा रहेको टहरामा गएराति पौने १ बजेतिर आगलागी भएको हो । पाँच वटा दमकलको सहायताले प्रहरीले आगो नियन्त्रणमा लिएको छ ।