५ मंसिर २०८१, बुधबार
राष्ट्रिय समाचार

सरकार संघीयताप्रति गम्भीर भएन : प्रवक्ता शर्मा

२१ जेठ, रुकुम । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अहिलेको सरकार संघीयताप्रति गम्भीर नभएको आरोप लगाउनुभएको छ । पूर्वी रुकुमको सदरमुकाम सिस्ने गाउँपालिका–३ पोखरामा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्रीकै पार्टीका मन्त्रीहरुले यो कुराको पुष्टि गरेको बताउनुभयो ।