१० मंसिर २०८१, सोमबार
राष्ट्रिय समाचार

नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग प्राप्त

काठमाडौँ । भारतले नेपाली सेनालाई कोभिड–१९ सङ्क्रमण महामारीको रोकथाम, नियन्त्रण र प्रतिकार्यमा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापालाई सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतीय सेनाद्वारा सहयोगस्वरुप उपलब्ध गराइएको स्वास्थ्य