४ बैशाख २०८३, शुक्रबार
राष्ट्रिय समाचार

पुरानो नेपालको जीवन्त चित्र भेटिन्छ पोखरा सङ्ग्रहालयमा

जमुना वर्षा शर्मा, पोखरा, २६ माघ । रातो माटोले लिपेको र खरले छाएको चिटिक्क परेको घुमाउने घर । घरभित्र यसो चियाउँदा अँगेनामा आगो सज्दै गरेकी एक महिला देखिन्छिन् । घरको पिँढीमा झुण्ड्याइएको बच्चा सुताउने कोक्रो हल्लाइरहेकी छिन् एक सानी बालिका