उमाशंकर रायभार २५ हजार रुपैयाँ धरौटीमा रिहा
काठमाडौं । उमाशंकर रायभार आइतबार रिहा भएका छन् । राजस्व छलीको मुद्दामा थुनामा रहेका रायभारलाई सर्वोच्च अदालतले २५ हजार रुपैयाँ धरौटीमा छाड्न शुक्रबार आदेश दिएको थियो । पाटन उच्च अदालतमा २५ हजार रुपैयाँ धरौटी रकम बुझाएर उनी रिहा भएका हुन्